‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

इतिहासको संरक्षण गर्नु सबैको दायित्व हो : उपाध्यक्ष शाक्य

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले इतिहासको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभएको छ । 

आज मोतीदेवी स्मृति केन्द्रको १३ औँ वार्षिक साधारण सभामा उपाध्यक्ष शाक्यले इतिहासको संरक्षण भएन भने त्यो मेटिएर जाने र इतिहास सबैले बिर्सने बताउनुभयो । 

नेपालको कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टी स्थापना देखिनै मोतीदेवीको महत्त्वपूर्ण योगदान रहेको उहाँले स्मरण गराउनुभयो । उपाध्यक्ष शाक्यले भन्नुभयो, ‘संरक्षण गरेन भने इतिहास मेटिएर जान्छ, कसैले कसैलाई सम्मान पनि गर्दैन, आफैँले आफ्नै पालामा सबै गरेको भन्छ, त्यस्तो होइन, इतिहासले अरूलाई पनि प्रेरणा दिनुपर्छ ।’ 

उपाध्यक्ष शाक्यले अहिलेको देशको राजनीतिक अवस्था त्यति सहज नभएको बताउनुभयो । राजनीतिक परिवेश सहज छैन, अत्यन्तै कष्ट छ, अत्यन्त विकृत छ, तर पनि थाक्नु हुँदैन, यो सम्पूर्ण चुनौतीलाई सामना गर्दै हामीले राजनीति यात्रामा अगाडि बढ्नै पर्छ’, उहाँले भन्नुभयो । 

नेपालका राजनीतिक दलको अगुवाइमा नै सङ्घीयता संहिताको गणतन्त्रसम्म पुगिएकाले यसलाई संस्थागत गर्दै अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।   

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  १० : ४२ बजे