नेपाल राष्ट्र बैङ्कले माग्यो ६७ जना कर्मचारी

​​​​​​​काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले ६७ जना कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको छ। 

आज सूचना प्रकाशन गरी राष्ट्र बैङ्कले अधिकृत तृतीय श्रेणीको सहायक निर्देशकदेखि द्वितीय श्रेणीको सहायकसम्म ६७ जना कर्मचारी माग गरेको हो। 

सूचनाअनुसार अधिकृत तृतीय श्रेणीको सहायक निर्देशक १९, लेखा तथा लेखा परीक्षणतर्फ अधिकृत तृतीय श्रेणीका ५, वाणिज्य कानुनतर्फ २, सूचना प्रविधितर्फ ६ जना राष्ट्र बैङ्कलाई आवश्यक परेको हो। 

यसैगरी सहायक द्वितीय श्रेणीअन्तर्गत कानुनतर्फ ४ र सूचना प्रविधितर्फ ११ जना कर्मचारी चाहिएको राष्ट्र बैङ्कले सूचनामा लेखेको छ।  इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले राष्ट्र बैङ्कको अनलाइनमार्फत यही पुस २६ गतेभित्र दरखास्त दिन सकिने बैङ्कले जनाएको छ।

  

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  १० : २५ बजे