पाल्पामा टिपर दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका  २ लघुवामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । 

शुक्रवार राती करिब साढे ८ बजेको समयमा रिडीबाट हार्थोकतर्फ आउँदै गरेको रा १ ख २४०४ नम्बरको टिपर लघुवामा दुर्घटना भएको हो ।

दुर्घटना परी मृत्यु हुनेमा पाल्पा रिब्दिकोट गाउँपालिका ३ का करिब २८ वार्षिक विष्णु ढकाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । 

दुर्घटनामा परी घाइते हुनेहरूमा दाङ घोराही उप महानगरपालिका १२ का ३२ वर्षका यमराज पुन र रोल्पा त्रिवेणी गाउँपालिका ५ का ३५ वर्षका  हिमाल घर्ती रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको तानसेन स्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा चालक भने सकुशल रहेका छन् । टिपर सडकबाट २५० मिटर तल खसेको छ । दुर्घटनाको सन्दर्भमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ७ : २७ बजे