सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौँ । नेपाल बजारमा आज सुनको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै हिजोकै मूल्यमा कारोबार खुलेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम छ । हिजो बुधवार पनि यही मूल्यको सुनको कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर कारोबार भइरहेको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १४ सय ८० रुपैयाँ कायम छ । हिजो चाँदीको कारोबार मूल्य १४ सय ६५ रुपैयाँ कायम थियो ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  १२ : २२ बजे