काठमाडौंका पाँच स्थानमा दुई महिनाका लागि निषेधाज्ञा जारी

काठमाडौं । काठमाडौंका विभिन्न पाँच स्थानमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच स्थानमा दुई महिनाका लागि निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै राष्ट्रपति कार्यालय शीतल निवासदेखि प्रधानमन्त्री निवास बालुवाटार, संघीय संसद भवन, सिंहदरबार हुँदै उपराष्ट्रपति कार्यालय र माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मलाई दुई महिनाका लागि निषेधित क्षेत्र तोकेको हो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच वटा क्षेत्रलाई आगामी दुई महिनासम्मका लागि निषेधित क्षेत्र तोकेको जानकारी दिइएको छ । निषेधित क्षेत्रमा दुई महिनासम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइनेछैन ।

​​​​​​​​​​​​​​

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ९ : १६ बजे