‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

श्रीलङ्काका विदेश मन्त्री नेपाल भ्रमणमा

काठमाडौँ । श्रीलङ्काका विदेश मन्त्री एमयुएम अली साब्री चार दिने औपचारिक भ्रमणमा आज नेपाल आउनुभएको छ । 

नेपाल–श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेश मन्त्री साब्री नेपाल आउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यही पुस ५ र ६ गते काठमाडौँमा आयोगको बैठक हुँदैछ । विभिन्न मन्त्रालयका अधिकारी सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले गर्नुहुनेछ । साथै दुई विदेश मन्त्रीले छुट्टाछुट्टै भेटवार्ता पनि गर्नुहुनेछ ।

भ्रमणका क्रममा श्रीलङ्काका विदेश मन्त्री साब्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उहाँ पुस ७ गते काठमाडौँबाट कोलम्बोका लागि प्रस्थान गर्नुहुनेछ । 

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ६ : ०२ बजे