धान झार्न लगाइएको थ्रेसरमा च्यापिएर झापामा एक जनाको मृत्यु

दमक । झापामा धान झार्न लगाइएको थ्रेसरमा च्यापिएर एक जनाको मृत्यु भएको छ ।

बुधबार बिहानै आफ्नै धानको कुन्यूमा थ्रेसर लगाउने क्रममा झापा गाउँपालिका वडा नं २ सुगाबथान बस्ने ५७ वर्षीय नुनुवा टुडूको थ्रेसरमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

स्थानीय चन्द्रदेव राजवंशीको प्र१–०१–००१ त ८०९२ नं को ट्याक्टरबाट टुडूले बिहान ५ बजेतिर थ्रेसर लगाएका थिए । थ्रेसरमा परेर टुडूको शरीर टुक्रा टुक्रा भएको प्रहरीले जनाएको छ ।

थ्रेसर तथा ट्र्याक्टर चालक फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ४ : ५२ बजे