काठमाडौं। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सरकारी तवरबाटै एनसेल प्रकरणको छानबिन रोक्ने प्रयास भइरहेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमार्फत सभापति पोखरेलले सार्वजनिक लेखा समितिले गरेको एनसेल भ्रष्टाचार काण्ड सम्बन्धी निर्णयलाई र सरकारलाई दिएको दबाबलाई कमजोर बनाउन र भ्रष्टाचार छोप्न, आफ्नो कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संसदीय समितिहरुमार्फत् विषय बंग्याउने र जनतालाई भ्रम छर्ने काम भएको बताएका हुन् ।
“सरकारी सुन्ड मुसन्डहरू सार्वजनिक लेखा समितिले गरेको एनसेल भ्रष्टाचार काण्ड सम्बन्धी निर्णयलाई र सरकारलाई दिएको दबाबलाई कमजोर बनाउन र भ्रष्टाचार छोप्न, आफ्नो कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संसदीय समितिहरुमार्फत् विषय बंग्याउने र जनतालाई भ्रम छर्ने कामको खेद व्यक्त गर्दछु र जनतालाई सचेत हुन अपिल गर्दछु ।”
प्रकाशित मिति : ४ पुस २०८०, बुधबार ४ : २० बजे
प्रतिक्रिया