यूएईबाट आएको विमानको शौचालयमा मृत फेला परे नवजात शिशु

काठमाडौं। यूएईबाट काठमाडौं आएको विमानको शौचालयमा नवजात शिशु मृत भेटिएको छ । आज बिहान ९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको एयर अरेबियाको शौचालयमा शिशु मृत फेला मृत भेटिएको हो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले नवजात शिशु मृत फेला परेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बिहान ९ बजे त्रिभुवन विमानस्थलमा एयर अरेबियाको जहाजको शौचालयमा शिशु मृत फेला परेको हो । शिशु हेर्दा समय नपुगी जन्मेको जस्तो देखिन्छ । यसको अनुसन्धान हुँदैछ ।’

विमानस्थल सुरक्षा स्रोतकाअनुसार आमाको उपचार काठमाडौं मेडिकल कलेज सिनामंगलमा भइरहेको छ । ती महिला करिब १५ मिनेट विमानको शौचालयमा हुनुहुन्थ्यो । नवजात शिशु फेला परेपछि सोधखोज गर्ने क्रममा आमा अस्पतालमा रहेको जानकारी आएको हो ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ४ : ०५ बजे