‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बिचारले नसकेपछि प्रधानमन्त्रीविरुद्ध फेक समाचारको धन्दा 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्धका योजनावद्ध षड्यन्त्रहरु जारी छन् । त्यसैको एक पछिल्लो कडीका रुपमा प्रधानमन्त्री ओलीलाई भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलले भेटेपछि जारी भएको सम्झौता भन्दै गरिएको फेक समाचारको धन्दा हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बिशेष दुतका रुपमा गोयलले प्रधानमन्त्री ओलीलाई भेट्नुभएको हो । यो एक प्रकारको शिष्टाचार भेट हो भने मोदीको सन्देश उहाँले ओलीलाई सुनाउनभयो । र, ओलीले सन्देश लिएर फर्किनुभएको थियो । जम्मा भएको यही थियो । फेरी यस्ता भेटघाट सामान्य हुन र भइरहन्छन्नै ।

बिचार, सिद्धान्त, तर्क र कारवाहीबाट प्रधानमन्त्री ओलीलाई परास्त गर्न नसकेपछि भारतीय दलालका पहिचान बनाएकाहरुबाट यस्ता फेक समाचारका धन्दा सुरुभएका हुन् । माओवादी केन्द्र निकटका पत्रकार र तीनका नेताहरु यस्ता प्रोपोगाण्डामा लिप्त भएको खुलाशा पहिला पनि भएको थियो । यो सामन्त गोयल सम्झौता काण्डले त्यसलाई छर्लङ पार्यो । नेपाली जनताका छोराछोरीलाई जनयुद्धमा उक्साएर आफू भारतीय खुफिया एजेन्सीका पाहुना भएर आठ बर्ष भारतमा बस्ने पुष्पकमल दाहाल उर्फ प्रचण्ड हुनुहुन्छ । सन् २००२ मा रअमार्फत् भारत सरकारलाई बिन्तीपत्र लेख्ने पनि प्रचण्ड र बाबुरामहरु अहिले यो खुफिया धन्दामा लागेको देखिन्छ । 

प्रचण्ड आफैं राजनीतिक अवशान उन्मुख हुनुहुन्छ किनकी उहाँसँग जनमत छैन, नेताहरु पनि छैनन् र प्रत्यक्ष लाभ पाउने केही कार्यकर्तावाहेक अरु कोही छैनन् । किनकी उहाँको ३३ बर्षको राजनीतिमा  लाभ पाउने उनका परिवारका सदस्य, दलाल र पैसा बुझाउनेहरुमात्र हुन् । प्रचण्ड कालोसूचीमा परेका ठेकेदारका घरमा बस्नुहुन्छ र उहाँको कोटाबाट नियुक्ति हुने हरेकले ठूलै रकम उहाँ र उहाँका पारिवारिक सदस्यलाई बुझाउनुपर्छ । यी सबै कारणले उहाँसँगै रहेका बैद्य, बाबुराम, बादल र बिप्लवहरुले उहाँलाई छाडेका हुन् । एउटा सर्वोच्च भनिएको कमाण्डरलाई उनका सहकमाण्डरले बर्षैपिच्छे छाडेर किन अर्को पार्टी रोज्छ वा निस्क्रिय बस्छ ? किनकी त्यो कमाण्डर आफ्नो स्वार्थवाहेक केही हेर्दैन ।

देश विकास र समृद्धिको नेतृत्व लिनुभएका प्रधानमन्त्री ओलीबिरुद्ध प्रचण्डले माधव नेपालको साथ लिएर गरेका अपराधहरु क्षमा गर्न लायकका छैनन् । प्रचण्डसँग लागेर ओली सिध्याउने मोर्चा कसेका माधव नेपालनै आज घर न घाटको अवस्थामा पुग्नुभएको छ । प्रचण्ड र माधव नेपाल मिलेपनि, नमिलेपनि अव कुनै तात्विक फरक नेपाली राजनीतिमा आउने छैन किनकी दुबै जनताको परिक्षणमा असफल नेता हुन र दुबैमा कुनै आकर्षण छैन । अवको निर्वाचनबाट दुबैको संसदीय राजनीति पनि समाप्त हुँदैछ । 

त्यसैले प्रचण्डको निर्देशनमा ओलीबिरुद्ध यस्ता फेक समाचारका खेती आरम्भ गरिएका हुन । जसमा माधव नेपाललगायत उनका केही नेताहरु समेत लागेका छन् भन्ने देखिन्छ । किनकी उनीहरुको साझा दुश्मन ओली हुनुहुन्छ, ओची सोच, विकास र समृद्धिको अभियान हो । प्रचण्ड र माधवलाई विकास चाहिएको छैन, अझ ओलीले गरेको विकास त झनै चाहिएको छैन । जति ओली विकास बिस्तार गर्नुहुन्छ, उहाँहरुको राजनीति भने खुम्चिन्छ । अहिले भएको त्यही हो ।

सामन्त गोयलको भेटलाई ब्युँताएर ओलीबिरुद्ध थालिएको आक्रमणको तुरुप नाङेझार भइसक्यो । फेक समाचार कारखाना कहाँ छ र को को संलग्न छन् भन्ने पनि खुलिसक्यो । यस्ता कूटनीतिक पत्र कसरी लेखिन्छन्, कस्तो अवस्थामा बक्तब्य आउँछ र लेखिन्छ ?  बराबर हैसियतबाट मात्र हस्ताक्षर हुन्छ ? भन्ने सामान्य कूटनीतिक ज्ञानसमेत प्रचण्डका कार्यकर्तामा छैन । अझ अग्रेजीमा जारी गरिएको पत्रमा अनअफिसियल अग्रेजीमा अनुवादसमेत भनेर लेखेर गरिएको षड्यन्त्र के टिक्नु ?

तर यस्ता फेक समाचारका निर्देशक र समाचारवालासँग सतर्क र सचेत रहनुुपर्छ । यिनिहरुलाई देशको मायाँ छैन, द्धिपक्षीय र अन्तराष्ट्रिय सम्वन्धको समेत मतलव छैन । यिनीहरु आफूले खान पाए विदेशीद्धारा शासित हुनसमेत तयार हुन्छन् र भएकै हुन । न विकासको सोच छ र राष्ट्रप्रति इमान्दारिता । त्यसैले यस्ता अपराधिक सोच भएकालाई पहिचान चाँही गरिरहनुपर्छ । 
 

 
  
  
  

 

 
 
  
 

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  १२ : ४० बजे