सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

प्रवेशपरीक्षामा ९० सेकेन्ड अगाडि सकिएको घण्टी बजेपछि मुद्दा दायर

काठमाडाैँ । दक्षिण कोरियामा विश्वविद्यालयमा भर्ना पाउन लिइएको प्रवेशपरीक्षा निर्धारित समयभन्दा ९० सेकेन्ड अगाडि नै सकिएपछि केही विद्यार्थीहरूले सरकारविरुद्ध मुद्दा हालेका छन्।

मुद्दामा विद्यार्थीहरूको उक्त समूहले प्रतिव्यक्ति दुई करोड वोन (१५,४०० अमेरिकी डलरजति) क्षतिपूर्ति मागेका छन्। त्यो रकम फेरि परीक्षा दिने समयसम्म अध्ययन गर्न लाग्ने खर्च हो।

उनीहरूका वकिलका अनुसार एउटा विषयको परीक्षा निर्धारित समयावधिअघि नै सकिएकाले विद्यार्थीहरूको बाँकी विषयको परीक्षा पनि प्रभावित भएको थियो।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  २ : २० बजे