काठमाडौं । मंसिर महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरूको संख्या सबैभन्दा उच्च रहेको छ ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या मंसिर महिनामा उच्च रहेको हो ।
मंसिरमा नयाँ र पुन श्रम स्वीकृतिमार्फत वैदेशिक रोजगारीमा जानेको संख्या ७१ हजार २ सय ७६ रहेको छ । गत वर्षको मंसिर महिनामा ६८ हजार ६ सय २२ को संख्यामा नेपालीहरू वैदेशिक रोजगारीमा गएका थिए ।
जुन अहिलेको अघिल्लो महिनाको तुलनामा ३ हजारले कम हो । मंसिर महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सर्वाधिक रोजाइमा युएई रहेको छ ।
त्यस्तै, नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आवको पहिलो चार महिनामा विदेश पढ्न जाने नेपाली विद्यार्थीहरूले करिब ३८ अर्ब ४४ करोड रुपैयाँ विदेश भित्र्याएका छन् । गत आवको सोही अवधिमा उक्त रकम करिब २२ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो ।
प्रकाशित मिति : ४ पुस २०८०, बुधबार २ : ०८ बजे
प्रतिक्रिया