२८ दिनभित्र मेलम्चीको पानी काठमाडौंमा वितरणको तयारी, दुई सिफ्टमा काम थालियो

​​​​​​​काठमाडौं । काठमाडौं उपत्यकामा २८ दिनभित्र मेलम्चीको खानेपानी वितरणको योजनासहित द्रुत गतिमा काम अगाडि बढाइएको छ ।

खानेपानी विकास समितिले बढीमा २८ दिन भित्रमा मेलम्चीको पानी काठमाडौंमा वितरण गर्ने दावी गरेको छ ।

समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले विज्ञप्ति जारी गर्दै पानी वितरणका लागि २८ दिनको द्रुत कार्यतालिका बनाएर २ सिफ्टमा काम थालिएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  १२ : ०९ बजे