सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

राष्ट्रपति निर्वाचनका लागि ट्रम्प अयोग्य ठहर

एजेन्सी । अमेरिकाको सर्वोच्च अदालतले अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी राष्ट्रपतिको निर्वाचनमा भाग लिन नपाउने ठहर गरेको छ ।

अमेरिकी संविधानविरुद्ध विद्रोह गरेको अभियोगमा ट्रम्पलाई राष्ट्रपतिको निर्वाचनमा भाग लिन अयोग्य ठहर गरेको हो ।

सर्वोच्च अदालतले ट्रम्पलाई राष्ट्रपति पद धारण गर्न अयोग्य रहेको भन्दै मतपक्रमा उम्मेदवारको रुपमा सूचीवद्ध गरे चुनाव संहिताअन्तर्गतको गलत कार्य हुने उल्लेख गरेको छ ।

ट्रम्प भने अदालतको फैसलाविरुद्ध अपील गर्ने तयारीमा जुट्नु भएको छ । ट्रम्पमाथि सन् २०२१ मा अमेरिकी क्यापिटल दंगाको विद्रोहमा प्रत्यक्ष संलग्न रहेको आरोप लाग्दै आएको छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ८ : ४२ बजे