गुडिरहेको बसको टायर फुस्किएर लाग्दा पैदल यात्रीको मृत्यु

मोरङ । गुडिरहेको बसको टायर फुस्किएर चोट लाग्दा कानेपोखरी गाउँपालिका-६ बस्ने ३० वर्षीय वीरेन्द्र पौडेलको मङ्गलवार बिहान मृत्यु भएको छ । 

सोही गाउँपालिका-७ स्थित सडकमा प्रदेश १-०१-००१ ख ३९२२ नम्बरको बसको टायर अचानक फुस्किएर लाग्दा गम्भीर घाइते भएका उनको विराट नर्सिंङहोम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । 

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ५ : ५३ बजे