एनसेलको सेयर कारोबारमा कुनै स्वीकृति नदिन राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौं ।  प्रतिनिधि सभा राज्यव्यवस्था तथा सुशासन समितिले एनसेलले तिर्नबाँकी कर असुल उपर गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले एनसेलको सेयर खरिद विक्री अध्ययन तथा छानविन समितिको प्रतिवेदन समेतलाई आधार मानी प्रचलित कानून बमोजिम राज्यलाई बुझाउनुपर्ने कर रकम असुल उपर गर्न निर्देशन दिएको हो ।
साथै,ककककक बैठकले एनसेलमा लगानी गर्ने विदेशी कम्पनिले हालसम्म लगेको रकमको विरण राष्ट्रबैंकबाट मगाउन पनि निर्देशन दिएको छ ।

यस्तै बैठकले एनसेलको सेयर खरिद विक्री अध्यन तथा छाविन समितिको प्रतिवेदन नआउन्जेलसम्म सेयर कारोबारका लागि कुनै पनि स्वीकृति तथा सहमति नदिन पनि निर्देशन दिएको छ ।

बैठकले यथासीघ्र दूरसञ्चार ऐन र नियमावली संशोधन गर्न, बैदेशिक लगानी भएका ठूला कम्पनिको सेयर खरिद विक्रि गर्दा खरिदकर्ताको क्षमता र अनुभब भए नभएको चेकजाँच गर्न समेत सरकार र सम्बद्ध निकायलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ४ : ०७ बजे