भैंसेपाटीको मन्त्री क्वाटरमा आगलागी

काठमाडौं । ललितपुरको भैंसेपाटीमा बन्दै गरेको मन्त्री क्वाटरमा आगलागी भएको छ ।

प्रहरीका अनुसार क्वाटर भित्र रहेको एक टहरामा आगलागी भएको हो ।

त्यहाँ निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा खाना पकाउने क्रममा आगो लागेको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  १२ : ५७ बजे