‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

विधान सम्मेलनबारे छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज अपराह्न ३ बजे बस्दै छ । 

बैठकमा आगामी केन्द्रीय समिति बैठक, विधान सम्मेलनलगायत विषयमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

बैठकमा पार्टीको आगामी कार्य योजनाका सम्बन्धमा छलफल हुनाका साथै माओवादीले सञ्चालन गरेको पार्टी रूपान्तरण अभियानको समीक्षा हुने प्रवक्ता सापकोटाले बताउनुभयो ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ९ : ४९ बजे