‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठक आज ११ बजे बस्ने तय भएको छ । आज बैठकमा पेस भएका प्रतिवेदन पारित गर्नुका साथै विभिन्न निर्णय गर्दै बैठक सकिने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो।

यसअघिको बैठकमा समूहगत छलफल सकिएको छ । समूहगत छलफलमा कोसीमा वरिष्ठ उपाध्यक्ष रोशन कार्की, मधेस प्रदेशमा वरिष्ठ उपाध्याय बुद्धिमान तामाङ, बागमती प्रदेशमा वरिष्ठ उपाध्याय विक्रम पाण्डे, गण्डकी प्रदेशमा उपाध्यक्ष हेमजङ गुरुङ, लुम्बिनी प्रदेशमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, कर्णाली प्रदेशमा उपाध्यक्ष मुकुन्दश्याम गिरी तथा सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष उद्धव पौडेलले संयोजन गर्नुभएको थियो । 

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ९ : ०१ बजे