‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

लुम्बिनी प्रदेशका विषयगत समितिका सभापतिको निर्वाचन पुस १७ गते हुने

दाङ । लुम्बिनी प्रदेशका छ विषयगत समितिका सभापतिको निर्वाचन यही पुस १७ गते हुने भएको छ ।

प्रदेशसभा सचिवालय सचिव दुर्लभकुमार पुनले एक सूचना जारी गरी यही पुस १७ गते निर्वाचनको मिति तय गरिएको जानकारी दिनुभयो  । 

सचिव पुनका अनुसार प्रदेश मामिला तथा कानुन समिति, सामाजिक विकास समिति, कृषि वन तथा वातावरण समिति, भौतिक पूर्वाधार विकास समिति, अर्थ उद्योग तथा पर्यटन समिति र सार्वजनिक लेखा समितिको निर्वाचन हुन लागेको हो । यसका लागि १६ गते उम्मेदवारी दर्ता हुने सचिव पुनले बताउनुभयो । 

यी समितिका सदस्यको टुंगो भने ३० असारको प्रदेशसभा बैठकले टुङ्गो लगाइसकेको छ । 

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ८ : १९ बजे