काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विश्व कीर्तिमान कायम गरेको छ ।
सोमबार दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औं दीक्षान्त समारोहमा सबैभन्दा धेरै विद्यार्थी सहभागी गराएर त्रिविले कीर्तिमान बनाएको हो ।
दीक्षान्त समारोहमा सोमबार विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ जना विद्यार्थी दीक्षित भएका छन्।
एकैपटक हालसम्मकै सबैभन्दा धेरै विद्यार्थीलाई दीक्षित गराएको भन्दै अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) ले कीर्तिमानको प्रमाणपत्र प्रदान गरेको छ ।
त्रिविको ६१औँ ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए।
निवेदन दिएकामध्ये स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ विद्यार्थी दीक्षित भएका हुन्।
प्रकाशित मिति : २ पुस २०८०, सोमबार ३ : ३३ बजे
प्रतिक्रिया