काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वाेच्च अदालतका दुई जना न्यायधीशको संसदीय सुनुवाइ गरेको छ ।
सिंहदरबारमा आइतबार बसेको बैठकले प्रस्तावित सर्वोच्चका प्रस्तावित न्यायाधीश उच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाको सुनुवाई गरेको हो ।
सुनुवाईका क्रममा पौडेल र ढुङ्गानाले भावी कार्ययोजना प्रस्तुत गरेका थिए । संविधानको संरक्षण र संवैधानिक नैतिकताको सुदृढीकरण, अदालतको क्षेत्राधिकार पुनरावलोकन, पाँचौँ रणनीति योजनाको तर्जुमा र कार्यान्वयनको प्रभावकारितामा उनीहरूले प्रतिवद्धता जनाएका थिए ।
त्यस्तै फरक मुद्दा पद्धतिको प्रभावकारी कार्यान्वयन, अदालतबाट भएका फैसलाको कार्यान्वयनको सुनिश्चिता, पीडित क्षतिपूर्ति प्रणालीको प्रभावकारी कार्यान्वयन पहल गर्ने विषयमा पनि उनीहरूको जोड थियो ।
यसअघि सर्वाेच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय सारङ्गा सुवेदी र अब्दुल अजिज मुसलमानको संसदीय सुनुवाइ भइसकेको छ भने सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको आगामी बैठकमा सुनुवाइ हुने समितिले जनाएको छ ।
प्रकाशित मिति : २ पुस २०८०, सोमबार ३ : २६ बजे
प्रतिक्रिया