बाजुरामा भूकम्पको धक्का महसुस

काठमाडौँ ।  बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ६ बजेर ५२ मिनेट जाँदा ३.५ म्याग्नीच्युडको भूकम्प गएको हो । 

बाजुराको कोल्टी केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

पछिल्लो समय देशका विभिन्न भागमा भूकम्प गइरहेको छ ।  

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ८ : ३७ बजे