‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

संरक्षण दिएर राखेकी किशोरीमाथि बलात्कार अभियोगमा गोरखाका माओवादी नेता पक्राउ

काठमाडौं । गाेरखाका माओवादी नेता बलात्कार आरोपमा पक्राउ परेका छन् ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका पूर्वपीए समेत रहेका  भूमिनन्द देवकोटालाई प्रहरीले गत साता पक्राउ गरेकाे हाे । उनले आफ्नै घरमा बस्दै आइरहेकी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेकाे आराेप छ ।

पीडित भिनएकी किशाेरीमाथि १ वर्षदेखि करणी गर्दै आइरहेकाे जाहेरीमा उल्लेख छ । अनुसन्धानका क्रममा ६ वर्षको उमेरदेखि पीडित बालिकालाई देवकोटाले आफ्नो घरमा संरक्षण दिएर राखेको बुझिएको प्रहरीले जनाएको छ ।

गोरखा स्थायी घर भएका देवकोटाको काठमाडौंस्थित घरबाट गत तिहारको समयमा पीडित किशोरी यौन अत्याचार सहन नसकेर निस्किएको प्रहरीले जनाएको छ।

देवकोटाको घरबाट निस्किएपछि उनी एक युवकसँग बस्दै आएकी थिइन् । प्रहरीले प्रेमी भनिएका ती युवकलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा पेप्सीकोला बस्ने २७ वर्षका दीपेश नेपाली रहेका छन् ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  १२ : ४४ बजे