आन्तरिक हवाई उडानमा अत्यधिक चाप

जनकपुरमा १ सय १ क्विन्टल अन्नबाट निर्माण गरियो सीतारामको प्रतिमा

काठमाडौँ ।  जनकपुरधाममा अन्नबाट निर्माण गरिएको सीतारामको प्रतिमाले रौनकता बढाएको छ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको रौनकतालाई अन्नबाट निर्माण गरिएको सीतारामको प्रतिमाले झनै बढाएको हो ।

विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले जनकपुरधामस्थित रंगभूमि मैदान १२ बिघामा निर्माण गरिएको ११ हजार ११ स्क्वायर फिटको सो प्रतिमालाई शनिबारबाट सर्वसाधारणको अवलोकनका लागि समेत खुल्ला गरिएको हो । यो प्रतिमाको निर्माण ११ पटक अन्नकै प्रतिमा बनाएर विश्व रेकर्ड बनाएका भारतको मध्यप्रदेशका सतिश गुर्जरले गरेका छन् ।

कोरोना महामारीताकादेखि अन्नको प्रतिमा निर्माण गर्न सुरु गरेका गुर्जरले नेपाल-भारतको साझा संस्कृतिलाई प्रचारप्रसार गर्ने उद्देश्यले बिनापारिश्रमिक यो प्रतिमाको निर्माण गरेका हुन् ।​

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ७ : १५ बजे