‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

एमालेमाथि जनताको क्रेज देखियो, जनता राजतन्त्र र नयाँ दलप्रति आकर्षित छैनन् : पृथ्वी सुब्बा गुरुङ

तेह्रथुम  । नेकपा (एमाले)का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले एमालेले सञ्चालन गरेको समृद्धिका लागि संकल्प यात्रा पूर्ण रूपमा सफल भएको बताउनुभएकाे छ ।

एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको १६ दिनसम्मको अनुभव सुनाउँदै गुरुङले एमाले विरुद्धको भ्रम चिर्दै यात्रामा देश भरी साथ र समर्थन पाएको बताउनुभयाे । एमालेलाई कोशी प्रदेशमा केही व्यक्तिहरूले लगाएको पहिचान विरोधीको आरोप पनि यात्राको क्रममा नागरिक समर्थनले चिरिदिएको उहाँले दाबी गर्नुभयाे ।

तेह्रथुममा पत्रकारसँग कुरा गर्दै उपमहासचिव गुरुङले बहुपहिचानसहित अहिलेको संघीयताको मोडल नै एमालेको मोडल भएको दाबी गर्नुभयाे । एमालले नै संघीयतामा सात प्रदेशको कुरा दृढतापूर्वक उठाएको उहाँले स्मरण गराउनुभयाे । ‘नेकपा एमाले प्रति जनताको व्यापक समर्थनबाट विमुख बनाउन देशी विदेशी शक्तिले एमालेलाई पहिचान विरोधी भनेर भ्रम फिँजाउने काम गरेका हुन्’, उपमहासचिव गुरुङले भन्नुभयाे ।

एमालेको संकल्प यात्राले राजतन्त्र वा नयाँ दलको पक्षमा जनता छैनन् भन्ने कुरा पुष्टि गरेको गुरुङको भनाइ छ । जनताले यात्रा मार्फत एमाले विरुद्ध लागेका सबै आरोपको खण्डन गरिदिएको उहाँले बताउनुभयाे । ‘यात्राको क्रममा एमाले प्रतिको क्रेज देखियो’, उहाँले भन्नुभयाे । मध्यपहाडी लोकमार्ग निर्माण र स्तरोन्नतिको लागि अझै धेरै काम गर्न बाँकी रहेको उहाँले बताउनुभयाे । सरकाले निर्माणका काम ठप्प बनाएर कुनै काम नगरेको यात्राको क्रममा देखिएको उहाँले बताउनुभयाे ।

त्यस्तै सरकारले आर्थिक विकासको कुनै काम नगरेको देखिएको पनि उहाँको भनाइ छ । आर्थिक करिडोरको बारेमा सरकारले नसोच्दा पहाड श्रोतले धनी हुँदा पनि समृद्धिको पथमा अघि बढ्न नसकेको उपमहासचिव गुरुङले बताउनुभयाे ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ।

बैतडीको झुलाघाटबाट मंसिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  १ : ३५ बजे