यस्तो छ आजको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आगामी पुस १ गतेदेखि ८ दिनसम्म १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ । 

केन्द्रीय बैङ्कले निक्षेप सङ्कलन उपकरण प्रयोग गरी उक्त परिमाण बराबरको रकम सङ्कलन गर्न लागेको हो ।

केन्द्रीय बैङ्कले पुस १ गतेदेखि ८ गतेसम्मका लागि निक्षेप सङ्कलन गर्न लागेको जनाएको छ । घटीमा १० करोड र बढीमा पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ ।

ब्याजदर पनि बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ । 

केन्द्रीय बैङ्क बाहेक अन्य बैङ्क तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । 

 

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ७ : ३८ बजे