‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बालिका करणी गर्ने एक जनालाई जन्मकैदको फैसला

दमौली । तनहुँ जिल्ला अदालतले बालिकालाई करणी गर्ने एक युवालाई जन्मकैदको फैसला सुनाएको छ ।

न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले भानु नगरपालिका–१० का १९ वर्षीय सुदीप थापा मगरलाई जन्मकैदको फैसला सुनाएको हो ।

साथै निजलाई रु छ लाख जरिवाना र रु २० हजार क्षतिपूर्तिको फैसला भएको तनहुँ अदालतले जनाएको छ । निजविरुद्ध नौ वर्षीया नाबालिकलाई करणीको अभियोग लागेको थियो । प्रहरीले निजविरुद्ध विसं २०७९ असोज २८ गते तनहुँ अदालतमा मद्दा दर्ता गरेको थियो । 

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ५ : ४१ बजे