आन्तरिक हवाई उडानमा अत्यधिक चाप

आजदेखि तीन दिने सत्याग्रह सुरु गर्ने गोविन्द केसीको घोषणा

काठमाडौं । डा. गोविन्द केसीले आजदेखि तीन दिने सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सत्याग्रको घोषणा गरेका हुन् ।

उनले सरकारले गरेका सहमति कार्यान्वयन नगरेको भन्दै शुक्रवार साँझ ५ बजेबाट सत्याग्रह शुरु गर्ने बताए । उनले विगत लामो समयदेखि मुद्दाहरु उठाएर सत्याग्रह बसेपनि सरकारले माग पूरा नगरेको उनको आरोप छ ।

‘यो अवस्थामा अन्यायमा पर्ने नागरिकहरुका लागि बोल्नु र दण्डहीनता अन्त्य गर्नु हाम्रो कर्तव्य बन्न जान्छ । विगत लामो समयदेखि यी मुद्दाहरु उठाएर हामीले सत्याग्रह समेत गर्दै आएका छौँ । तर पनि अवस्था परिवर्तन भएको छैन',उनले भने ।

केसीले सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्न माग गर्दै अनसन बस्ने घाेषणा गरेका हुन् । 

उनले गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पु¥याउने, जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि आफूसँग भएका सम्झौताअनुसार इलाम, उदयपुर, डडेलधुरामा सरकारी मेडिकल कलेजहरु खोल्न माग गरेका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ३ : ३१ बजे