आन्तरिक हवाई उडानमा अत्यधिक चाप

बालकृष्ण खाँणले बुझाए ३० लाख धरौटी

काठमाडौँ । उच्च अदालत पाटनले ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले धरौटी रकम बुझाएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका खाँणले अदालतको आदेश अनुसार ३० लाख धरौटी रकम बुझाएका हुन् ।

धरौटीबारे कारागारमा जानकारी गराएर पत्र लेखेपछि उनलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थिति गराइने छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दुवै निकायले खाँणलगायतका आरोपीमाथि अनुसन्धान गरिरहेका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  १ : ०६ बजे