सुनको मूल्यमा नयाँ कीर्तिमान

थमन विक हत्या प्रकरण : एमाले सांसद कोइरीलाई सफाइ, लोसपाका शर्मालाई जन्मकैद

काठमाडाैँ ।  महोत्तरी जिल्ला अदालतले आठ वर्षअघिको हत्या प्रकरणमा नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिएको छ । 

न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा एमाले सांसद कोइरी र पवन कापरलाई सफाइ दिएको हो।

लोसपाका प्रदेश सांसद अभिराम शर्मालाई भने जन्मकैदको फैसला सुनाइएको छ। उनीसहित ७ जनालाई जन्मकैदको फैसला सुनाइएको हो। 

जन्मकैद हुनेमा प्रदीप साह, सञ्जयकुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, प्रदेश सांसद अभिराम शर्मा, सुरेन्द्र पाण्डे र धर्मेन्द्र राय रहेका छन्। 

उक्त मुद्दामा कोइरीसहित २८ जनामाथि कर्तव्य ज्यान र २५ जनामाथि आगो लगाएको कसुरमा २०७२ फागुन २७ गते मुद्दा दायर गरिएको थियो। बाँकीको हकमा भने मुद्दा मुल्तबीमा राखिएको अदालतले जनाएको छ। 

मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या भएको थियो। 

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ८ : ४६ बजे