‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

तीन करोड ९२ लाख ठगी आरोपमा कांग्रेस नेताविरुद्ध जाहेरी

रामेछाप । नेपाली कांग्रेस रामेछापका नेता भरतप्रसाद चौलागाईंविरुद्ध काठमाडौं प्रहरीमा जाहेरी परेको छ ।

ललितपुर महालक्ष्मी नगरपालिका–८ का सानुभाई थापाले चौलागाईंविरुद्ध उजुरी दिएका हुन् । काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलका अनुसार चौलागाईं विरुद्ध बैंकिङ कुसर मुद्दामा जाहेरी परेको हो ।

चौलागाईंले थापालाई दिएको ८० लाख रुपैयाँको चेक बाउन्स भइपछि थापा प्रहरीकहाँ पुगेका हुन् । चौलागाईंले माछापुच्छ्रे बैंक लाजिम्पाट शाखामा रहेको खातामा रकम रहेको भन्दै चेक दिएका थिए ।

उक्त चेक असारमा साटिनु पर्ने भए पनि नसाटिएपछि अहिले प्रहरीकहाँ उजुरी परेको हो । तर, उक्त खातामा रकम नभएको भन्दै बैंकले फिर्ता गरेको थियो ।

पटक–पटक रकमबारे कुरा गर्दा पनि चौलागाईंले बैकमा रकम जम्मा नगरी ठग्न खोजेको भन्दै थापाले चेक बाउन्स गरेर प्रहरीमा जाहेरी दिएका हुन् । थापासँग चौलागाईंले जग्गा कारोबारको लागि तीन करोड ९२ लाख रुपैयाँ लिएको उजुरीमा उल्लेख छ ।

तर, रकम फिर्ता नभएको बताइएको छ । ८० लाख बाहेक थापासँग चौलागाईंले दिएको अर्को ३ करोड १२ लाखको चेकसमेत बाउन्स भएको छ ।

चौलागाईंले आफूले थापालाई रकम तिर्न बाँकी रहेको स्वीकार गरे । उनले भने, ‘मेरो र थापाबीच आर्थिक कारोबार भएको हो । मैले उहाँलाई दिनुपर्ने छ । म दिन्छु । मलाई प्रहरीले पनि जानकारी गराएका थिए । काठमाडौं बाहिर भएका कारण आउन सकेको छैन’ रामेछाप सुनापाति गाउँपालिका–१ का चौलागाईं कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत हुन् । उनी रामेछाप कांग्रेसमा सक्रिय छन् ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ४ : १४ बजे