दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

केन्या जान भिसा लिनु नपर्ने

काठमाडौँ । केन्याले जनवरीदेखि सबै विदेशी आगन्तुकहरूको लागि भिसा आवश्यकता खारेज गर्ने भएको छ ।

केन्या जाने विदेशी आगन्तुकहरूले जनवरी २०२४ देखि भिसा लिनु पनपर्ने भएको हो । राष्ट्रपति विलियम रुटोले मंगलवार राजधानी नैरोबीमा आयोजित जम्हुरी दिवस वा स्वतन्त्रता दिवसको उत्सवमा यस्तो घोषणा गरे ।

रुटोले आगामी जनवरीदेखि सबै विदेशी नागरिक भिसा बिना नै देशमा प्रवेश गर्ने बताउनु भयो । यस कदमले पर्यटन प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।

केन्याली नेताले भिसामुक्त नीति लागू गर्न सरकारले देशमा आउने सबै यात्रुलाई इलेक्ट्रोनिक प्लेटफर्ममार्फत पहिल्यै पहिचान गर्न डिजिटल प्लेटफर्म अपनाएको बताए ।

केन्याले यसअघि इण्डोनेसिया, सेनेगल र कंगोका नागरिकहरूका लागि भिसा बिनै प्रवेश दिएको थियो । राष्ट्रपति रुटोले सेप्टेम्बर २०२२ मा सत्ता लिएपछि महाद्वीपको एकीकरण एजेण्डालाई साकार पार्न केन्या भ्रमण गर्ने अफ्रिकीहरूका लागि भिसा उन्मुलन गर्न वकालत गर्दै आएका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  १ : ११ बजे