‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

अवैध सुनसहित त्रिभुवन विमानस्थलबाट एक भारतीय पक्राउ

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५० वर्षीय जितेन्द्र मुलचन्द वावा छन् ।

एयर अरेबियाको उडानद्वारा सारजाहबाट काठमाडौं आएका उनको साथबाट १८० ग्राम अवैध सुन बरामद भएको विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए । उनका अनुसार उनले सर्ट तथा पाइन्टका बटम बनाएर सुन ल्याएको खुलेको छ ।

पक्राउ परेका जितेन्द्रमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ९ : २१ बजे