आन्तरिक हवाई उडानमा अत्यधिक चाप

पानीकाे बाल्टीमा डुबेर जाेरपाटीमा १९ महिने शिशुकाे मृत्यु

काठमाडौँ । काठमाडौँको जोरपाटीमा पानीको बाल्टिनमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

गोकर्णेश्‍वर नगरपालिका–५ जोरपाटी बाहुनधारामा बस्ने नेत्र बडूवालकी १९ महिनाकी छोरीको बाल्टिनमा डुबेर मृत्यु भएको हो ।

शौचालयमा रहेको बाल्टिनमा डुबेर बेहोस भएकी उनको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस बारेमा आवश्यक अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  १ : ४७ बजे