यस्तो छ आजको विनिमय दर

 यस्तो छ आज फलफूल तथा तरकारी मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज अधिकांश तरकारीको मूल्य स्थिर रहेको छ।

आज रातो आलुको मूल्य न्यूनतम ४५ रुपैयाँदेखि ४७ रुपैयाँ तोकिएको छ। मङ्गलवार ४५ रुपैयाँदेखि ४८ रुपैयाँसम्म थियो। त्यस्तो सेतो आलुको मूल्य मङ्गलवार ३५ देखि ४० रुपैयाँसम्म थियो भने आज ३८ देखि ४० रुपैयाँ तोकिएको छ।

नेपाली ठुलो गोलभेँडाको मूल्य १० रुपैयाँ बढेको छ।  मङ्गलवार ५० देखि ६० रुपैयाँसम्ममा कारोबार भएको सो गोलभेँडाको मूल्य आज ६० देखि ७० रुपैयाँ तोकिएको छ।

भारतीय ठुलो गोलभेँडाको मूल्य भने स्थिर छ। मङ्गलवार ८० देखि ९० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको उक्त गोलभेँडाको आज पनि सोही मूल्य छ।  

लोकल सानो टनेलको गोलभेँडाको मूल्य ५ रुपैयाँले घटेको छ। मङ्गलवार १५ देखि २५ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको गोलभेँडाको मूल्य आज प्रतिकिलो २० देखि ३० रुपैयाँ तोकिएको छ।

सागको मूल्य पनि घटबढ भएको छैन। मङ्गलवार २५ देखि ३० रुपैयाँमा कारोबार भएको रायोको सागको मूल्य आज २५ देखि ३५ रुपैयाँ तोकिएको छ। यसको अधिकतम मूल्यमा पाँच रुपैयाँ वृद्धि भएको छ।

पालुङ्गो र चम्सुर र सौफको सागको मूल्य प्रतिकिलो ११० रुपैयाँदेखि १२० रुपैयाँसम्म, तोरीको साग ३० देखि ४० रुपैयाँ, मेथीको साग ११० देखि १२० रुपैयाँ र जिरीको साग ९० देखि १०० रुपैयाँ तोकिएको छ। मङ्गलवार पनि यी सागका मूल्य त्यत्ति नै कायम थियो।

हरियो धनियाँको अधिकतम मूल्य भने आज  १० रुपैयाँले बढेको छ। मङ्गलवार५० देखि ७० रुपैयाँमा कारोबार भएको हरियो धनियाँको मूल्य आज ५० देखि ८० रुपैयाँ तोकिएको छ।

काउलीको अधिकतम मूल्य घटेको छ। हिजो १५ देखि  २५ रुपैयाँमा कारोबार भएको काउलीको भाउ आज प्रतिकिलो १५ देखि २० रुपैयाँ तोकिएको छ।

ब्रोकाउली १० रुपैयाँले महँगिएको छ। मङ्गलवार ४० देखि ५० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको ब्रोकाउलीको मूल्य ३० देखि ४० रुपैयाँ तोकिएको छ। मोटर कोसाको मूल्य भने स्थिर छ। मोटर कोसाको मूल्य प्रतिकिलो  ८० देखि ९० रुपैयाँ तोकिएको छ।

भारतीय प्याज, लसुन र अदुवाको भाउ पनि घटबढ भएको छैन। भारतीय प्याजको प्रतिकिलो मूल्य १३५ देखि १४५ रुपैयाँ, हरियो प्याज ७० देखि ८० रुपैयाँ, नेपाली र चाइनिज लसुन २६० देखि २८० रुपैयाँ,  अदुवा १५० देखि १७० रुपैयाँ निर्धारण गरिएको छ।

अकबरे खुर्सानीको अधिकतम मूल्य ३० रुपैयाँले बढेको छ। मूल्य ३०० देखि ३२० रुपैयाँमा कारोबार भएको अकबरे खुर्सानीको मूल्य आज ३०० देखि ३५० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

 

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  १० : २३ बजे