‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सुन तस्करीका आरोपीलाई छुटाइदिने भन्दै एक करोड ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं । सुन तस्करी आरोपमा पुर्पक्षका लागि जेल चलान भएका आरोपीको मुद्दा मिलाई थुनामुक्त गरिदने भन्दै ठगी गर्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको हतुवागढी–५ की २६ वर्षीया रितु राई र बर्दियाका निरेश चौधरी छन् ।

उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।  

सीआईबीका एसपी नवराज अधिकारीका अनुसार आपराधिक विश्वासघात र संगठित अपराध मुद्दामा थुनामा रहेका सुर्खेतका रेवन्त खड्काको मुद्दा मिलाइदिने भन्दै उनीहरूले खड्काका बुबा अमरबहादुर खड्कासँग ९९ लाख ७५ हजार रुपैयाँ लिएका थिए ।

रेवन्तलाई भेपमार्फत तस्करी भएको ९ किलो सुन प्रकरणमा सीआईबीले पक्राउ गरेको थियो । उनी त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा समेत हुन् ।

सो प्रकरणमा जोडिएपछि पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पनि पुर्पक्षका लागि जेल चलान भएका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ६ : ०४ बजे