आन्तरिक हवाई उडानमा अत्यधिक चाप

घडेरीको विवाद मिलाइदिन्छु भन्दै दुई लाख घुस मागेकाे आरोपपछि वडा सदस्यले दिइन् राजीनामा

कास्की । अंश बन्डामा बाटो मिलाइ दिने भन्दै दुई लाख घुस मागेको आरोप लागेकी पोखरा ९ वडा सदस्य भावना श्रेष्ठले पोखरा महानगरपालिकामा रहेको न्यायिक समिति सदस्यबाट राजीनामा दिनुभएको छ । 

उहाँमाथि घुस लिएको आरोप छ । पोखरा वडा नम्बर २६ को विजयपुर स्थित घडेरीको विवाद मिलाइदिने भन्दै श्रेष्ठले दुई  लाख लिएको सार्वजनिक भएको थियो ।

रुपा गाउँपालिकाका कर्मचारी रविनकुमार श्रेष्ठको जग्गा विवाद न्यायिक समितिमा छ । उक्त विवाद मिलाइदिने भन्दै समितिको सदस्य रहेकी उनले दुई लाखको चेक लिएको आरोप लागेको हो । 

विवादित भएपछि पोखरा वडा नम्बर ९ की वडा सदस्य श्रेष्ठले न्यायिक समितिबाट राजीनामा दिनुभएको हो । शनिवार नै उहाँले फेसबुकको म्यासेन्जरबाट राजीनामा पत्र पठाएको बताइएको छ । 

विशेष परिस्थितिका कारण राजीनामा दिएको भनेर उनले पत्र पठाएको उपमेयर तथा न्यायिक समितिकी संयोजक गुरुङले बताउनुभयो ।

 ‘राजीनामा पत्र आएको छ । विशेष परिस्थितिको कारण भन्नुभएको छ, अरू कारण खुलेको छैन गुरुङले भन्नुभयो ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  २ : ४३ बजे