काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ७०० रुपैयाँले घटेर आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजावी सुन तोलामा १ लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार ११ : ४० बजे
प्रतिक्रिया