आन्तरिक हवाई उडानमा अत्यधिक चाप

रुसी सेनामा गएका थप एक नेपाली युक्रेनी सेनाको कब्जामा

काठमाडौं । रुसी सेनामा गएका दाङका युवा युक्रेनी सेनाको कब्जामा परेका छन् । दाङ बिजौरीका प्रतिक पुन युक्रेनी सेनाको कब्जामा परेका हुन् । युक्रेनी सेनाले पुनको भिडियो सार्वजनिक गरेसँगै उनी कब्जामा परेको पुष्टि भएको हो ।

हालसम्म युक्रेनी सेनाले कब्जा गरेका उनी तेस्रो नेपाली हुन् । यसअघिकाभ्रेका सिद्धार्थ ढकाल र बर्दियाका विवेक खत्रीलाई युक्रेनी सेनाले कब्जा गरेको थियो ।

पुनले आफू रुसमा पढ्न आएको बताएका छन् । एजेन्टहरुको सल्लाहमा सेनामा भर्ती भएको उनको भनाइ छ ।
‘म सबै नेपाली जनतालाई रुसमा नआउनका लागि अनुरोध गर्दछु । यो युद्धमा संलग्न हुनको लागि नआउनुहोस् । तपाईं पैसाको लागि आउन सक्नुहुन्छ । तर त्यो नै सबैथोक होइन,’ उनले भनेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ५ : ५१ बजे