‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेपाल–भारत सीमामा एक युवकमाथि गोली प्रहार

काठमाडौँ । मोरङमा नेपाल–भारत सीमामा एक युवकमाथि गोली प्रहार भएको छ । 

आइतबार साँझ विराटनगर–१६ दशगजानजिकै भारतीय क्षेत्रमा अज्ञात समूहले युवकमाथि गोली प्रहार गरेका हुन् ।  

उक्त घटनामा विराटनगर महानगरपालिका–८, मधुमाराका २७ वर्षीय निर्दोष सङ्ग्रौला घाइते भएका छन् । उनको कोसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उनी खाद्य सामाग्री किन्न जोगबनी गएको भन्ने बुझिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  १० : ०३ बजे