दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

अमेरिकामा गोली आक्रमण : ३ जनाको मृत्यु, १ घाइते

न्यु योर्क। संयुक्त राज्य अमेरिकाको जर्जिया राज्यको राजधानी एटलान्टामा शनिबार साँझ भएको गोलीकाण्डमा तीन युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

एटलान्टा प्रहरी विभागले विज्ञप्तिमा जनाए अनुसार आक्रमणमा परेका २० वर्षीय तीनजना पुरुष घटनास्थलमा मृत फेला परेका थिए भने अर्का एक जना घाइते अवस्थामा भेटिएका थिए । घाइतेलाई अस्पताल पुर्याइएको छ ।

घटना लागुऔषध कारोबारसँग जोडिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
मृतकको सनाखत हुन सकेको छैन भने गोली प्रहार बारे अनुसन्धान जारी छ ।

गैर-नाफामुखी अनुसन्धान समूह 'गन भाइलेन्स आर्काइभ' ले जनाए अनुसार अमेरिकामा यस वर्ष डिसेम्बर ९ सम्ममा ६३४ जना सामूहिक गोली आक्रमणको शिकार बनेका छन् । 
 

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ३ : १७ बजे