सुनको मूल्यमा नयाँ कीर्तिमान

सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि स्थगित

काठमाडौँ । नेपाली राष्ट्रिय टीमका स्पिनर सन्दीप लामिछाने विरुद्धको मुद्दा आजलाई स्थगित गरिएको छ ।

चितवनमा नेपाल बार एसोसिएसनको सम्मेलनका कारण अधिवक्ता उपस्थित हुन नसक्ने भएपछि कानुन व्यवसायीको तर्फबाट मुद्दा स्थगित गरिएको हो ।

आइतबार लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पदमराज पाण्डेयको एकल इजलासमा पेसी तोकिएको थियो । अन्तिम सुनुवाइका लागि आजलाई पेसी तोकिएकोपनि शम्भु थापा लगायतका कानुन व्यवसायीहरू उपस्थित हुन नसक्ने भएपछि मुद्दा स्थगित गराइएको लामिछानेका कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिए ।

यसअघि गत कात्तिक २३ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षसँग बहस नोट माग गरेको थियो । दुवै पक्षबाट बहस नोट पेस भएपछि आइतबार सुनुवाइका लागि पेशी तोकिएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  २ : २८ बजे