सुनको मूल्यमा नयाँ कीर्तिमान

लुक्लाका लागि उडेको तारा एयरको झ्यालको सिसा खस्यो

सोलुखुम्बु । सोलुखुम्बुको लुक्लाका लागि उडेको तारा एयरको जहाजको झ्यालको सिसा खसेको छ । आइतबार काठमाडौंबाट कार्गो सामग्री लिएर तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाका लागि उडेको ९ एन एलओ कल साइन भएको जहाजको दायाँ भागको सिसा आकाशबाटै जमिनमा खसेको हो । सिसा कहाँ खस्यो भन्नेबारे एकिन भएको छैन।

जहाज कार्गो सामानले भरिएकाले भित्रबाट प्रेसरले सिसा निस्किएको हुनसक्ने  अनुमान गरिएकाे छ ।  पाइलट अमित गुरुङ र को-पाइलट लिमा श्रेष्ठले उडाएको उक्त जहाजमा चालक दलका ३ सदस्य मात्रै सवार थिए । 

सो जहाज बिहान १०:१ बजेतिर लुक्ला विमानस्थल अवतरण भएको तारा एयरले जनाएको छ । जहाज अहिले लुक्लामै रहेको छ भने मर्मतपछि मात्रै काठमाडौं फर्किने तारा एयरले जनाएको छ । 

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  १ : ५६ बजे