दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

भारत उत्तर प्रदेशमा गुडिरहेको कारमा आगलागी हुँदा आठ जनाको मृत्यु

नयाँ दिल्ली । भारतीय उत्तर प्रदेशको बरेलीमा शनिबार राति एउटा कारमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा एक बालक पनि छन् । बरेलीको नैनीताल राजमार्गमा दुर्घटना भएको हो ।

बरेलीका एसएसपी सुशील चन्द्रभान धुलेका अनुसार राजमार्गमा गुडिरहेको कार ट्रकसँग ठोक्किएर आगो लागेको थियो । 

गाडी सेन्ट्रल लक थियो । जसका कारण त्यहाँ बसेका मानिस बाहिर निस्कन पाएनन् । सामाजिक सञ्जालमा देखिएको फुटेजमा कार आगोले लपेटिएको देखिन्छ भने ट्रक अगाडि उभिएको देखिन्छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ११ : १९ बजे