‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद 

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ । 

भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले फेरि ६ किलो ५७५ ग्राम सुन बरामद गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका अनुसार इजिप्टका नागरिक सरिफ मोहमद लासिम सुनसहित पक्राउ परेका छन् ।  ‘शङ्कास्पद लागेपछि चेकजाँच गर्ने क्रममा भन्सार एरिया कटेपछि प्रहरीले उनलाई पक्राउ गरिएको हो ।

सुनसहित समातिएका इजिप्टका नागरिक फ्लाई दुबईको एफजेड ५७३ विमानमार्फत शनिवार राति ११ बजेर ५१ मिनेटमा काठमाडौँ अवतरण गरेका थिए । प्रारम्भिक जाँचका क्रममा बरामद सुन भारततर्फ नै लैजाने गरी ल्याएको हुनसक्ने देखिएको छ ।

यसअघि, दुई दिनअघि मात्रै १४ किलो सुन समातिएको थियो  ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  १० : ४५ बजे