मध्य पहाडी यात्रा सकिएपछि कटुञ्जे आउने अध्यक्ष ओलीको प्रतिबद्धता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको मध्य पहाडी यात्रा सकिएपछि धादिङको कटुञ्जे आउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अध्यक्ष ओलीले आज सामाजिक सञ्जालमार्फत त्यहाँका स्थानीयसँग क्षमा माग्दै मध्य पहाडी यात्रा सकिएपछि कटुञ्जे आउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । 

शनिवार एमालेको मध्य पहाडी यात्राको टोली धादिङको चरङ्गेबाट कटुञ्जे हुँदै बट्टार आउनुपर्ने भए पनि बाटो बिर्सिएर अर्कै मार्गबाट बट्टार आएको थियो । 

कटुञ्जेमा स्वागतमा बसेका स्थानीयसँग अध्यक्ष ओलीसहितका नेताहरूले भेट्न पाउनुभएन ।  त्यसपछि उहाँले लेख्नुभएको छ,’हिजो सल्यानटारबाट नुवाकोटको लागि यात्रा अघि बढ्दा रात छिप्पिइसकेको थियो । हामी धादिङको चरङ्गेबाट कटुञ्जे हुँदै बट्टार आउनु पर्नेमा बाटो भुलेर अर्कै मार्गबाट बट्टार आइपुग्यौँ । कटुञ्जेमा यात्रा मार्गमा स्वागतमा बस्नु भएका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुन सकेन । उहाँहरूसँग क्षमा चाहन्छु । यो यात्रा सकिएपछि हामी कटुञ्जे आउने छौँ ।’ 

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ९ : २१ बजे