दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

बुटवलले काठमाडौंलाई २-१ गोलले हरायो

काठमाडौं ।  नेपाल सुपर लिगमा बुटवलले काठमाडौंलाई २-१ गोलले पराजित गरेको छ। शनिबार दशरथ रंगशालामा भएको खेलमा साविक विजेता काठमाडौंलाई बुटवलले हराएको हो। 

२८औं मिनेटमा स्टेफन सामिर बिनोङले गोल गर्दै बुटवललाई अग्रता दिलाएका थिए। कप्तान एरिकले ६०औं मिनेटमा गोल गर्दै बुटवललाई २-० को अग्रता दिलाएका थिए। 

खेलको इन्जुरी समयमा काठमाडौंका राजिव लोप्चनले सान्तोना गोल फर्काएका थिए। जितसँगै बुटवल लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने काठमाडौं पाँचौं स्थानमा झरेको छ। 

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ९ : २९ बजे