दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

लेबनान–इजरायल सीमामा भिडन्त, ६ जनाको मृत्यु

बेरुत । लेबनान–इजरायल सीमामा शुक्रबार भएको भिडन्तमा चार हिजबुल्लाह लडाकु र प्यालेस्टाइनी इस्लामिक जिहाद (पीआईजे) अभियानका दुई सदस्य मारिएको लेबनानी सैन्य सूत्रले बताएको छ ।

दक्षिणी लेबनानमा सीमावर्ती इलाकालाई निसाना बनाएर गरिएको इजरायली बमबारीमा चार लेबनानी नागरिक र दुई लेबनानी सैनिक घाइते भएका नाम उल्लेख नगर्ने सर्तमा सूत्रले बतायो । दुई अलग–अलग इजरायली आक्रमणमा चार हिजबुल्लाह लडाकु मारिएको सूत्रले उल्लेख गरेको छ । दक्षिणपश्चिम लेबनानको जंगली क्षेत्रलाई निसाना बनाएर गरिएको इजरायली आक्रमणमा पीआईजेका दुई सदस्यको मृत्यु भएको थियो ।

सैन्य सूत्रका अनुसार लेबनानको दक्षिणपश्चिममा २६ र दक्षिणपूर्वका १५ सहर र गाउँमा इजरायलले बमबारी गरेको छ । यसैबीच, आफ्ना लडाकुले इजरायलका सात स्थानमा आक्रमण गर्दा एक जनाको मृत्यु भएको र अरू एक घाइते भएको हिजबुल्लाहले जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ७ : ५० बजे