काठमाडौँ । एसीसी यु–१९ एसिया कप क्रिकेटमा आज दुई खेल हुँदै छन् ।
संयुक्त अरब इमिरेट्स (युएई)मा जारी खेलमा आज समूह ‘बी’ अन्तर्गत युएई र बङ्गलादेश तथा श्रीलङ्का र जापानबीच प्रतिस्पर्धा हुँदैछ ।
दुवै खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे युएईको दुबईमा सुरु हुनेछन् । ८ देश सहभागी प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, पाकिस्तान, भारत र अफगानिस्तान छन् । समूह ‘बी’ मा घरेलु टोली युएई, जापान, श्रीलङ्का र बङ्गलादेश छन्।
समूह ‘ए’ मा रहेका टोलीले एक–खेल खेलिसकेका छन् । शुक्रवार भएको खेलमा खेलमा नेपाल पाकिस्तानसँग र अफगानिस्तान भारतसँग समान ७ विकेटले पराजित भएका थिए ।
नेपालले भोलि अफगानिस्तानसँग र मङ्गलवार भारतसँग खेल्नेछ । प्रतियोगितामा समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार ९ : ५१ बजे
प्रतिक्रिया